विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा संविधान दिवस भव्य रूपमा सम्पन्न भएको छ । प्रदेश सरकारले संविधान दिवस मनाएको हो । दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।
सहिद मैदान अगाडिबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोक, मेन रोड, गोल्छा चोक, डाँफे चोक हुँदै आदर्श विद्यालय परिसरमा औपचारिक समारोहमा परिणत भएको थियो ।
प्रभातफेरीमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थहरु, सुरक्षा अधिकारी, सुरक्षाकर्मी, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संंघसंस्थाका प्रतिनिधि, खेलकुदकर्मी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।