रुसी राष्ट्रपति पुटिनका दुई ‘गोप्य छोराहरू’ रहेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । उनीहरुले संसारबाट अलग्गै विलासी जीवन बिताउने गरेको पनि खुलासा भएको छ ।
कडा सुरक्षामा राखिएको भवनमा उनीहरु विलासिताको जीवन बिताइरहेको रुसी खोज पत्रकारिता वेबसाइटले उल्लेख गरेको छ ।
‘डोजियर सेन्टर’ को रिपोर्ट अनुसार इभान, र भ्लादिमिर जूनियर, मस्कोको उत्तरपश्चिममा, लेक भाल्डाई नजिकैको आफ्नो बुबाको विशाल भवनमा वर्षको अधिकांश समय बिताउँछन् ।
उनीहरुकी आमा अलिना काबाएवा हुन्, जो पूर्व ओलम्पिक रिदमिक जिमनास्ट हुन् । पुटिनसँगको सम्बन्ध एक दशकभन्दा बढी समयदेखि रूसमा ओपन सेक्रेट जस्तै रहेको रिपोर्टले दाबी गरेको छ ।