बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पति अभिषेक बच्चन र बच्चन परिवारसँग खटपट चलिरहेको खबर आएको धेरै भयो । यो चर्चा सत्य हो कि होइन भनने कुरा कि त बच्चन सम्पत्तिलाई थाहा होला कि यी दुईको परिवारलाई ।

केही समयअघि यी दुईबिच विवाद सम्बन्धविच्छेदसम्मै पुगेको हल्ला पनि सुनियो । तर यी सबै विषयमा ऐश्वर्या र अभिषेक मौन छन् । यसैबिच सार्वजनिक कार्यक्रममा अभिनेत्री बच्चन परिवारको साथमा नपुगेर छोरीसँग छुट्टै पुग्नुले पनि चर्चालाई बल दिइरहेको छ ।

हालै भने अभिनेत्री छोरीसँग बच्चन परिवारको घर जलसा जाँदै गरेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो भाइरल बनिरहेको छ । भाइरल भइरहेको भिडियो २ सेप्टेम्बर २०२४ को हो । भिडियोमा ऐश्वर्या छोरी आराध्याको साथमा कारबाट ओर्लिएर जलसा छिर्दै गरेको देखिन्छिन् । यो अभिषेकले किनेको नयाँ कार भएको फ्यानहरूको विश्वास छ । भिडियो हेर्दा ऐश्वर्या छोरीलाई स्कुलबाट लिएर आउँदै गरेको देखिन्छिन् ।

63
Shares
२० भाद्र २०८१, बिहीबार १५:२२