विराटनगर । जनमत पार्टीले मोरङ जिल्ला इन्चार्जमा रामकुमार चौधरीलाई मनोनयन गरेको छ । पार्टी केन्द्रीय सचिवालय समितिको बैठकको निर्णयअनुसार चौधरीलाई मोरङ इन्चार्ज चयन गरिएको हो ।
यसैगरी, उक्त बैठकको निर्णय अनुसार पार्टीको राष्ट्रिय सचिवमा नवलपरासीका बाल गोविन्द चौधरीलाई नियुक्त गरिएको छ ।
जनमत पार्टीको केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलका अनुसार चौधरीद्वयलाई आ–आफ्नो जिम्मेवारीका लागि बधाई दिंदै कार्यकाल सफलताको शुभकामना पनि दिइएको छ ।
उनीहरुको कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्ध हासिल गर्ने अपेक्षा गरिएको मण्डलले बताए ।

यसैगरी शनिबार भएको अधिवेशनबाट विराटनगर महानगरपालिका नगर अध्यक्षमा चन्दन मुखिया निर्वाचित भएका छन् ।
शनिबारै भएको भेलाबाट रोहन रायको अध्यक्षतामा महानगर युवा संघ गठन गरिएको पार्टीले जानकारी दिएको छ ।