विराटनगर । ‘स्पेलिङ कन्टेस्ट’ मा विराटनगरको मदरल्याण्ड एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । ‘प्याब्सन स्पेलिङ कन्टेस्ट–२०८१’ अन्तर्गत आज सम्पन्न भएको नगरस्तरीय प्रतियोगितामा मदरल्याण्डले प्रथम स्थान हासिल गरेको हो ।

मदरल्याण्ड एकेडेमीले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको यो लगातार १३औँ पटक भएको  विद्यालयका कोअर्डिनेटर बिभव लाभले जनाएका छन् ।

प्रतियोगितामा विराटनगर महानगरभरिका विभिन्न ३२ वटा विद्यालयहरुको सहभागिता थियो । अरु विद्यालयलाई पछि पार्दै मदरल्याण्ड प्रथम हुन सफल भएको हो ।

विभिन्न पाँचवटा समूह बनाएर प्रतिस्पर्धा गराइएको थियो । मदरल्याण्ड रहेको समूहमा अरु प्रतिस्पर्धी बिकेभिएम, सगरमाथा, शिक्षादीप, हेरिटेज र स्टार स्कुल पनि थिए ।

ती सबै विद्यालयहरुलाई उछिन्दै मदरल्याण्ड समूह विजेता बनेको थियो । त्यसपछि सबै समूहमध्ये सबैभन्दा उच्च अंक हासिल गर्दै मदरल्याण्ड नगर प्रथम बन्न सफल भएको प्रधानाध्यापक मोहन बुढाथोकीले जानकारी दिए ।
1.23k
Shares
१४ भाद्र २०८१, शुक्रबार १९:१४