काठमाडाै । पेरिस पारा ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी भरतसिंह महता जापानका खेलाडीसँग पराजित भएका छन् । पेरिसको ग्रान्ड पेलेसमा आज भएको तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको प्रतिस्पर्धामा भरत पराजित भएका हुन् ।

राउन्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरीयताको ५७ औं स्थानमा छन् । हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा भोलि प्रतिस्पर्धा गर्नेछिन् । भरत र पलेशासहित पारा ओलम्पिकमा नेपालबाट तीन जना खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

भरत र भीम वाइल्ड कार्डमार्फत पारा ओलम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी थिइन् ।

35
Shares
१४ भाद्र २०८१, शुक्रबार ०५:४८