विराटनगर । खोटाङको रावाबेशी गाउँपालिका–३ मा पहिरोले पुरिएर स्थानीय शिक्षक ६० वर्षीया साबित्रादेवी नेवारको मृत्यु भएको छ ।
विश्वज्योति उच्च माध्यमिक बिद्यालयमा कार्यरत शिक्षिकाको विद्यालय जाने क्रममा बाटो माथिबाट खसेको पहिरोले पुरेर घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।