विराटनगर । विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित कोशी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । को १ च ५१९१ नम्बरको कार र मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–५ का ४० को फेकुलाल सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । कार चालक पथरीशनिश्चरे–१० का जीवन कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

224
Shares
३१ श्रावण २०८१, बिहीबार ०७:०१