काठमाडौं । सेयरबजार परिसूचक नेप्से आज ३४ दशलमव २९ अंकले बढेर २९ सय ५७ अंक कायम भएको छ । बजारमा २३ अर्ब ४३ करोडको कारोबार भएको छ । हिजो भने बजार ८ अंकले घटेको थियो ।

आजको कारोबारमा १० कम्पनीको मूल्यमा सकारात्मक ब्रेक लागेको छ भने एउटा कम्पनी मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । आज ३ सय ३२ कम्पनीका ५ करोड १२ लाख कित्ता सेयर २ लाख ४४ हजार पटक किनबेच हुँदा २३ अर्ब ४३ करोडको कारोबार भएको छ ।

उच्च कमाउनेको सूचीमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र प्रोगेसिभ फाइनान्स रहेका छन् । गुमाउनेमा भने मन्दाकिनी हाइड्रोपावर, बिन्ध्यबासीनी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर छन् । जीवन बिमा, लघुवित्त र म्यूच्युअल फन्डबाहेक अन्य सबै समूहका परिसूचक बढेका छन् ।

21
Shares
३० श्रावण २०८१, बुधबार २२:५३