काठमाडौं । अमेरिकाले आईसीसी विश्वकप लिग टुमा विजयी सुरुवात गरेको छ । लिग टू अन्तर्गत आफ्नो पहिलो खेलमा अमेरिकाले क्यानडालाई पराजित गरेको हो । सिरिज अन्तर्गत नेदरल्यान्ड्स, अमेरिका र क्यानडा सम्मेलित सिरिजको दोस्रो खेलमा अमेरिकाले क्याडालाई १४ रनले पराजित गरेको हो ।
नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा क्यानडाले टस जितर पहिला फिल्डिङ रोजेको थियो । सुरुवातमा ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।
अमेरिकाका ओपनर स्मिथ पटेल र स्टेभन टेलरले ७५ रनको ओपनिङ साझेदारी गर्दै अमेरिकालाई राम्रो सुरुवात दिलाए । टेलर २७ रन बनाएर आउट भए । आरोन जोन्स १५ रनमा आउट हुदाँ मिलिन्द कुमारले खाता खोल्न सकेनन् । पाँचौ विकेटका लागी कप्तान मोनांक पटेल र शयान जाहान्गिरले १ सय ४३ रनको साझेदारी गरे । जुन अमेरिका लागि पाँचौं विकेटको रुपमा सबैभन्दा ठूलो साझेदारी थियो । जाहान्गिर ५७ र मोनांक पटेलले अविजित १ सय २१ रनको शतकीय इनिङ्स खेले । क्यानडाका लागि प्रगत सिंह, साद विन जाफर, हर्ष ठाकर र डिलोन हेलिङ्गरले समान १-१ विकेट लिए ।
जवाफमा अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सक्यो । क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन जोडे । उनले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
ओपनर आरोन जोनसन र आदित्य वर्दरावजनले ५१ रनको साझेदारी गर्दै क्यानलाई राम्रो सुरुवात दिलाएपनि मध्य क्रममा अन्य ब्याटर चल्न सकेनन् । वर्दरावजन ४ रनमा आउट भए । आरोनले ५५ रनको अर्धशतकिय योगदान दिए । एक सयम १ सय ४० रनमा ७ विकेट गुमाउको क्याडालाई हर्ष ठाकर र डेलिन हेलिङ्गरले १ सय २५ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरे । यो जोडीले क्याडाका लागि ८ औं विकेटको रुपमा हालसम्मकै ठुलो साझेदारी गरेपनि हार टार्न भने सकेन । ठाकर ७७ र हेलिङ्गर ५६ रनमा आउट भए । अमेरिकाका नोस्तुश केन्जिगेले विकेट लिए ।
यससँगै अमेरिकाले लिग टूमा आफ्नो पहिलो खेल जित्दै २ अंक जोडेको छ । यस सिरिजमा लगातार दोस्रो हार बेहोरेको क्यानडा ६ खेलमान ८ अंक सहित दोस्रो स्थानमा छ । यस सिरिजमा भोलि अमेरिका र नेदरल्यान्डस तथा शनिबार नेदरल्यान्डस र क्यानडा प्रतिस्पर्धा गर्ने छन् । २ अंक जोडेको नपाल ७ औं स्थानमा छ ।