बंगलादेश । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको छ । मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो ।
बंगलादेशमा हिंसा र सरकारको पतनपछि शेख हसिनाविरुद्ध दर्ता भएको यो पहिलो मुद्दा हो । बंगलादेशी मिडियाका अनुसार यो मुद्दा किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले दायर गरेका थिए, जुन जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका थिए ।
शेख हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि सामेल छन् । यी बाहेक कैयौं उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको छ ।