काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारलाई सदनमा स्पष्ट पार्न आग्रह गरेका छन् ।
उनले उठेका ती विषयहरु जहाँ जे अवस्थामा छन् त्यहीँबाट काम अघि बढाउन पनि भनेका छन् । मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए ।
‘भुटानी शरणार्थी र गिरीबन्धुको विषयबाट सरकार भाग्ने होइन । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा र डेडिकेटेड र ट्रंक लाइनबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’ थापाले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसलाई कारबाही गर्नुपर्यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो ।’