विराटनगर । भदौ ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारी थालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने परम्परा छ ।
भदौ १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । ११ गते रथयात्रा निकालिने छ । १९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा ९३ वर्षमा पुगेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९३औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।
रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले कोशी प्रदेशसहित नेपाल र भारतका ५ लाखभन्दा बढी धर्मावलम्बीहरू रथयात्रा सहभागिता जनाउने जानकारी गराएका छन् ।
विराटनगर–१, पानीट्याङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट दिनको निकालिने श्रीराधाकृष्ण रथयात्रा नगरक्षेत्रको परिक्रमापछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन गरिने परम्परा छ ।