झापा ।  झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित कारमा सवारमा दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल प्रवेश गरेका डब्लुबी ७४ बिएच १६४३ नम्बरको इनोभा कारलाई कचनकवल सीमा क्षेत्रमा रोकेर जाँच गरेका थिए। सशस्त्रले कारबाट प्रतिबन्धित भारतीय नोट २ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो।

भारतीय नोटसहित  कारमा सवारमा बिहार राज्य किशनगन्ज जिल्ला तात्पुवा ग्राम पञ्चायत ७ बेलायतिबारीका ३२ को वर्षीय महोमद शमिम अख्तर र तात्पुवा ग्राम पञ्चायत ८ कादोगाँउका ३६ वर्षीय परेश कुमार सिंहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका डीएसपी तथा सूचना अधिकारी उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।

28
Shares
२८ श्रावण २०८१, सोमबार ०८:१२