काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस-एमालेको गठबन्धनको सुशासन मन्त्री छनोटमा देखिएको भन्दै कटाक्ष गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले सुशासनको धेरै प्रतिबद्धता गरेपनि संघ र प्रदेशमा मन्त्रीहरु छनौटले जिस्काइरहेको बताएका हुन्।

उनले भने, ‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन । तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?’

उनले सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन आम नागरिकले अनुभूति गर्ने कुरा भएको उनको भनाई छ । कोइरालाले भने,‘कांग्रेस नवनिर्माणको वाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासबाट मात्र कांग्रेस रुपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै वाटोवाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौं ।’

35
Shares
२७ श्रावण २०८१, आईतवार १६:३४