विराटनगर । कोशी बक्सिङ संघको उपाध्यक्षमा अभिषेक श्रेष्ठ चयन भएका छन् ।

श्रेष्ठ वीर गणेशमान सिंह स्पोर्ट कमिटी कोशी प्रदेशका संयोजक हुन् ।

बक्सिङ संघको उपाध्यक्षमा उनी सर्वसम्मत् चयन भएका हुन्।

श्रेष्ठ विगत पाँच वर्षदेखि हरेक वर्ष हुँदै आएको वीर गणेशमान सिंह नेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रक्रियामा कोशी प्रदेशको संयोजक रहँदै आएका छन् ।

श्रेष्ठ पूर्व बक्सिङ खेलाडी हुन् । उनले विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए ।
623
Shares
११ असार २०८०, सोमबार २०:५८