च्याम्पियनसिपमा सहभागिता जनाउने मोरङको टोलीलाई आज सोमबार विदाइ गरिएको छ ।
मोरङबाट च्याम्पियनसिपमा प्रशिक्षक, टिम म्यानेजरसहित १० जनाको टोली सहभागी हुने भएको छ ।मोरङका खेलाडीले सबै तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन्।
मोरङबाट सहभागिता जनाउने खेलाडीहरुमा प्रवीण बस्नेत, अजय खुलाल, रिजन भुजेल, फ्रेन्डसन कन्दङवा, दिपककुमार यादव, दिपेश देउजा, सुमन साह र रोशन बस्याल छन्।
टिमका प्रशिषकमा रवि साह रौनियार छन् भने टिम म्यानेजरका रुपमा बसन्त बुढाथोकी छन् ।
टोलीलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले विदाइ गरेका थिए ।
त्यस अवसरमा बक्सिङ संघ कोशी प्रदेश उपाध्यक्ष अभिषेक श्रेष्ठले खेलाडीसहितको टोलीलाई टिसर्ट उपहार दिएर विदाइ गरेका थिए ।
च्याम्पियनसिप खेलकुद विकास बोर्ड, कोशी प्रदेशले आयोजना गरेको हो ।
यसैगरी नेपाल बक्सिङ संघको सहकार्यमा च्याम्पियनसिप हुन लागेको हो ।
स्थानीय रुपमा उदयपुर जिल्ला बक्सिङ संघले सहकार्य गरेको हो ।