गीत गायनमा दवाडीलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । गीतमा उमेश मुस्कानको शब्द तथा सङ्गीत र केशव बडुको एरेन्ज छ ।
गीतको भिडियोमा नेपाली र थारु संस्कृतिबीच मौलाएको प्रेमकथा पस्किएको छ ।भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाले अभिनय गरेका छन् । अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरू भिडियोमा छ ।
उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।