पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।
हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् ।
पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ ।सरकारी नीति– नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए ।