अधिवक्ता तथा मनोपरामर्शदाता खिमा रिजालले विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि किशोरी शिक्षा र माध्यमिक तथा प्रावि तहका शिक्षकहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न उपमहानगरसँग सम्झौता गर्ने क्रममा कर्मचारी साहले आफूसँग घुस रकम मागेको दाबी गरेकी हुन् ।
दुवै कार्यक्रम ५-५ लाख रुपैयाँ बजेटको हो । रिजालले किशोरी शिक्षा कार्यक्रम सम्पन्न गरेर भुक्तानीको फाइल अगाडि बढाउन र मानसिक स्वास्थ्य कार्यक्रमका लागि सम्झौता गर्न आइतबार सामाजिक शाखालाई अनुरोध गरेकी थिइन् । तर शाखाका कर्मचारी साहले सामाजिक शाखा प्रमुखसहित २ जना र लेखा प्रमुखलाई ५-५ प्रतिशतले रकम नदिए फाइल अगाडि नबढाउने र भुक्तानी रोकिदिने भन्दै दुःख दिएको रिजालको भनाइ छ ।‘मेयरज्यूमार्फत आउनु भएकाले अरु माथिकाको मलाई थाहा छैन, तर सामाजिक विकास शाखामा हामी २ जना कर्मचारी र लेखालाई गरेर ५-५ प्रतिशत रकम चाहिन्छ भन्नुभयो,’ सेवाग्राही रिजालले भनिन् ‘कार्यकक्षमै बोलाएर ठाडै रकम मागिरहँदा मलाई नराम्रो लाग्यो । अनि ५-५ प्रतिशत भनेको कति हुन्छ भनेर मैले सोधेँ । उहाँले २५÷२५ हजारका दरले कार्यकक्षमै बसेर रकमको डिल गर्नुभयो ।’