काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले दुवैमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको आजको निर्णयअनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

14
Shares
३ जेष्ठ २०८०, बुधबार ०९:४१