हैदराबादलाई हराएसँगै प्लेअफ पक्का गरेको गुजरातले ‘क्वालिफायर’ को सम्भावनासमेत बलियो बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। उसका लागि शभमन गिलले ५८ बलमा १०१ रनको इनिङ खेल्दै टिमको कमजोर अवस्था सुधारेका थिए। उनी बाहेक साइ सुदर्शनले ४७ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। हैदराबादका लागि भुवनेश्वर कुमारले ५ विकेट लिएका थिए।१ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबाद निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो। उसका लागि हेनरीच क्लासेनले ६४ रन बनाउनु सर्वाधिक रह्यो।
उनी बाहेक भुवनेश्वर कुमारले २७ रन बनाउँदा मंयक मार्कन्डे १८ रनमा अविजित रहे। कप्तान एडेन माक्रमले १० रन बनाएका थिए।