नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो ।
हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।
साथै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा भने फरार रहेका छन् ।