चितम्बरम् रंगशालामा भएको खेलमा घरलु टोली चेन्नईले टस जितेर पहिले ब्याटिङ गरेको थियो । चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । सिभम दुवेले ४८ रन बनाए । डेभोन कन्वेले ३०, रविन्द्र जडेजाले २० रन थपे । वरुण चक्रवर्ती र सुनील नरिनले २ – २ विकेट हात पारे ।
जवाफमा उत्रिएको कोलकाताले कप्तान नितेश राना र रिकुं सिंहको अर्धशतकीय साझेदारीको मद्दतमा ९ बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान राना र रिकुं मिलेर चौथो विकेटका लागि ९९ रनको साझेदारी गरे । राना ५७ रनमा अविजित रहे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । कोलकाताका संकट मोचक रिंकुले ४ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको पारी खेले । दीपक चाहरले ३ विकेट हात पारे ।कोलकाताले हिजो पराजय ब्यहोरेको भए लगभग प्ले अफ सम्भावाना सकिने थियो । सातौँ स्थानमा रहेको कोलकाताको १२ अंक छ । चेन्नई १५ अंकसहित दोस्रो स्थानमा छ ।