नेपाल बिजनेस समिट, २०८० ले राष्ट्रलाई शैक्षिक हवकोरुपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्थासहित अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्था स्थापनाका लागि पहल गर्ने घोषणा गरेको छ ।

समिटले उच्च शिक्षाका लागि ठोस नीति आवश्यक रहेको आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने ठोस नीतिसहित उच्च शिक्षाका लागि विदेशिने ९विदेश नै बस्ने० युवा जनशक्ति तथा ठूलो धनराशी देशभित्र रोक्न, विदेशी विद्यार्थीहरुलाई आकिर्षत गर्दै राष्ट्रलाई शैक्षिक हवकोरुपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्थासहित अन्तराष्ट्रियस्तरका शैक्षिक संस्था स्थापनाका लागि पहल गर्ने ।’ घोषणापत्रमा उल्लेख गरेको छ ।

नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल नाराका साथ नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा समिट सम्पन्न भएको हो ।

14
Shares
३१ बैशाख २०८०, आईतवार ०८:५२