काठमाडौं । नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

राजधानी उपत्यकाको रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपास सहित शक्ति प्रदर्शन गर्ने भएको हो ।

‘युवा दिवसलाई यसपटक हामी शक्ति प्रदर्शनमा मनाउँदैछौं। त्यो शक्ति प्रदर्शन एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध पनि हुनेछ’, राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भने ।

उनका अनुसार, शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने लक्ष्य लिइएको छ ।

7
Shares
३० बैशाख २०८०, शनिबार ०७:००