मध्यरातमा विद्युत् सर्ट भएर भएको आगलागीमा राठी ग्रुपको उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
राठीग्रुप अन्तरगतको राजेन्द्र राठीले सञ्चालन गरेको उद्योग मध्ये राठी मेनिफ्याक्चरिङ प्रालिमा आगो लागेको प्रहरी सहायक निरीक्षक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।राठी ग्रुपले सञ्चालनमा ल्याएको तीन कम्पनी मध्ये एउटामा आगो लागेको हो । तीन उद्योग मध्ये अन्नपूर्ण मेनिफ्याक्चरिङ र अन्नपूर्ण ग्लोबल ईन्पेक्स प्रालिलाई प्रहरी र दमकलको सहयोगले क्षति हुनबाट जोगाएको छ ।