२ मिनेट २५ सेकेण्ड लामो ट्रेलरमा प्रेमिल भाव देखाइएको छ। सामाजिक विषयवस्तुमा बनेको चलचित्रमा वर्षा शिवाकोटी, सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीको अभिनय छ।
कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा देखिएका छन्। ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र हो।चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जानरामा बनेको निर्देशक राम राघव आचार्यले बताए।
बिना कार्की र सन्तोषकुमार राईले मिलेर चलचित्रको निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको भलचित्रको सह-निर्मातामा ट्याम कटेल छन्। सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ।यसअघि चलचित्रको शिर्ष गीत ‘ए साथी सुन’ र लिरिकल गीत ‘मनले भन्छ’ सार्वजनिक भइसकेको छ।