विराटनगर । विराटनगरमा भ्रष्टाचार विरुद्ध अभियान सुरु भएको छ।

नागरिक समाजका अगुवाहरूको सहभागितामा अभियान सुरु भएको हो ।

विराटनगरको ट्राफिक चोकमा भ्रष्टाचार विरुद्धको बृहत् नागरिक आन्दोलनको सुरु भएको छ ।

ट्राफिक चोकमा स्वतःस्फूर्त जम्मा भएका नागरिक समाजका अगुवाहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि सारिएको बताएका छन् ।

भुटानी शरणार्थीको नाममा भएका भ्रष्टाचारसँगै अन्य घोटालाहरू पनि छानबिन हुनु पर्ने माग उनीहरूको छ । अर्थशास्त्री भेषप्रसाद धमलाले देश भ्रष्टाचारको दलदलमा फसिसकेकोले देशलाई जोगाउन सबै एक भएर लाग्नु पर्ने बताए ।

प्रदेश सभाका पूर्व सांसद सुयर्माराज राईले सबै खालको घोटाला र भ्रष्टाचारको छानबिन हुनु पर्ने बताए ।

बृहत् नागरिक अभियानको नाममा सुरु भएको आन्दोलन हरेक दिन साँझ ५ बजेदेखि १ घण्टासम्म प्लेकार्ड सहित भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने माग सहित ट्राफिक चोकमा जम्मा हुने जनाइएको छ।

14
Shares
२८ बैशाख २०८०, बिहीबार २०:५५