काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बिहीबारदेखि बयान लिइने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आजदेखि कांग्रेस नेता समेत रहेका खाणको बयान लिन सुरु गरिने जनाएकाे हाे।

खाण बुधबार बिहान चाबहिलस्थित उनकै निवासबाट पक्राउ परेका थिए।

जिल्ला अदालत काठमाडौँले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले हिजाे नै खाणलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा आशंका गर्नुपर्ने कुनै कारण नभएको बताएका थिए।
28
Shares
२८ बैशाख २०८०, बिहीबार १४:३८