काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार पनि छानविन हुनुपर्ने बताएका छन् ।

उनले पहिला लडाकु शिविर र अहिले अयोग्य लडाकुलाई दिने भनेको रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न खुट्टा कमाउन नहुने बताएका हुन् ।

बिहीबार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कुरा भ्रष्टाचार भएको भन्दै लडाकु शिविरमा भ्रष्टाचार भएकाले त्यसको छानविन गर्नुपर्ने बताएका हुन् ।

‘अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्था छ तर अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडी बढ्न खोजिरहेका छन्’ ओलीले भने, ‘माओवादी केन्द्रको जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरू सरकारबाट बलजफ्ती निर्णय गराउने र एकलाख ५० हजारजति कार्यकर्तालाई दिने र फेरि त्यो आफैँ लिने पहिले पनि क्यान्टोनमेन्टको सवालमा त्यस्तो भएको छ ।’

35
Shares
२८ बैशाख २०८०, बिहीबार १३:०८