इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित भएको छ । यो नतिजापछि दिल्लीको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

चिदम्बरम स्टेडियम्‌मा टस जितेर ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । चेन्नाईको इनिङमा सबै खेलाडीको योगदान रह्यो ।

डेभोन कनवे पहिलो विकेटका रुपमा १० रनमा आउट भएका थिए । ऋुतुराज गायकवाड २४, मोइन अली ७, अजिंक्या रहाणे २१ र शिभम् दुबे २५ रनमा मैदान बाहिरिए । अम्बाती रायडुले २३ रन जोड्दा रविन्द्र जडेजाले २१ रन थपे । कप्तान महेन्द्र सिंह धोनीले नौ बलमा २० रन बनाएपछि चेन्नाईले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । मिचेल मार्शले तीन र अक्सर पटेलले दुई विकेट लिए ।

जवाफमा दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ४० रन मात्र बनाउन सक्यो । कप्तान डेभिड वार्नरले खाता खोल्न सकेनन् । उनी दीपक चाहरको बलमा क्याच आउट भए । फिल साल्ट १७ र मार्श ५ रनमा पभेलियन फर्किएपछि दिल्ली थप दबाबमा आयो । मनिस पान्डेले २७, राइली रस्सोले ३५ र अक्सर पटेलले २१ रन बनाएपनि जित दिलाउन सकेनन् । मथिसा पाथिरानाले ३ र चाहरले दुई विकेट लिए । दोस्रो स्थानमा यथावत रहेको चेन्नाईको १२ खेलबाट १५ अंक छ । पुच्छारको दिल्लीको ११ खेलबाट ८ अंक छ ।

35
Shares
२८ बैशाख २०८०, बिहीबार ११:५५