विराटनगर । विराटनगरका कतिपय मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो । सो क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको पाइएको छ ।

त्यसैगरी राम्ररी सिसा नलगाउँदा झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा, स्वच्छ मासु उपभोग गर्ने अधिकार भएको वडा नम्बर १९ का अध्यक्षसमेत रहनु भएका समितिका संयोजक घिमिरेको बताए ।

टोलीले लापर्बाहीपूर्वक अस्वस्थकर रुपमा मासु पसल सञ्चालन नगर्न चेतावनी दिएको थियो ।

अनुगमनका क्रममा मासुको गुणस्तर, पसलको व्यवस्थापन, दर्ता, नविकरणलगायतका काजजातसमेत हेरिएको महानगरको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
63
Shares
२७ बैशाख २०८०, बुधबार ०७:४८