काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार ३ खेल हुँदैछन्। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।

खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट सुरु हुनेछ। च्यासलमा ३ बजे सुरु हुने खेलमा शंकटा क्लव र रोयल ब्लू सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ।

त्यस्तै, दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा थ्र‍ी स्टार क्लब र न्युरोड टिमबीच प्रतिष्पर्धा हुनेछ।

त्यस्तै, आज नै दशरथ रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ।

35
Shares
२६ बैशाख २०८०, मंगलवार १०:१९