विराटनगर । झापाको गौरादह उद्योग वाणिज्य संघको नेतृत्वका लागि लोकतान्त्रिक साझा समूहका तर्फबाट लक्ष्मी बाह्रकोटी प्रसाईंको नेतृत्वमा उम्मेदवारी दिइएको छ ।

अध्यक्षमा लक्ष्मी बाह्रकोटी प्रसाईं, महासचिवमा ईश्वरकुमार खत्री, प्रथम उपाध्यक्षमा अशोक चुडाल, द्वितीय उपाध्यक्षमा बीरन्द्र बस्नेत र तृतीय उपाध्यक्षमा ताराबहादुर श्रेष्ठ उम्मेदवार छन् ।

यसैगरी कोषाध्यक्षमा कमला नेम्वाङको उम्मेदवारी छ ।

खुल्ला सदस्यका लागि भानु आचार्य, कृतेन्द्र ढुंगाना (कृष्ण), ज्ञानेन्द्र लोहनी, कृष्ण शर्मा, भुपाल निरौला, हरिप्रसाद सिटौला र सञ्चित सिटौला उम्मेदवार छन् ।

भूगोलतर्फबाट वडा २ र ३ बाट प्रतिनिधित्व गर्ने गरी पुष्पराज गुरागाईं र वडा ४, ५ र ६ बाट होम गौतमको उम्मेदवारी रहेको चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।

संघको चुनाव आगामी वैशाख २६ गते हुने तय भएको छ ।

175
Shares
२३ बैशाख २०८०, शनिबार १०:३६