पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रवक्ता महतले भने ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’
उनले अघि भने, ‘यसमा को-को संलग्न छन् ? कसरी संलग्न भए ? अनुसन्धान गर्ने निकायले बाहिर ल्याउला, त्यसको न्याय निरुपण होला । जो-जो सहभागी छन्, उनीहरुको सजायको दायरामा आउनुपर्छ, आउँछन्।’छानबिन गर्दै जाँदा आफूतिर पनि प्रश्न आयो भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’