विराटनगर । विराटनगर महानगरपालिकाको मदरल्याण्ड एकेडेमीले बुद्ध जयन्तीको अवसर पारेर २१औँ अभिभावक दिवस मनाउने भएको छ ।

बैशाख २२ गते शुक्रबारका दिन आयोजना हुने कार्यक्रममा विभिन्न गतिविधिहरु सञ्चालन गरिने भएको छ ।

हरेक वर्ष अभिभावक दिवस मनाउने क्रममा उक्त विद्यालयले यसपटक पनि बुद्ध जयन्तीका दिन दिवस मनाउन लागेको हो ।

कार्यक्रमका अवसरमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विशेष कार्यक्रम आयोजना गरिने विद्यालय प्रशासनले जनाएको छ ।

यसैगरी हालै सम्पन्न एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुको विदाइ कार्यक्रम पनि यसै अवसरमा गरिने भएको छ ।

शैक्षिक सत्र २०७९ मा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिने भएको छ ।

मदरल्याण्ड एकेडेमीले गुणस्तरीय पठनपाठन गर्नुका साथै विभिन्न समयमा अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।

प्याब्सनले आयोजना गर्ने खेलकुद प्रतियोगितादेखि विभिन्न अवसरमा आयोजना हुने गरेका चित्रकला, वत्कृत्वकला जस्ता प्रतियोगिताहरुमा उक्त विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

966
Shares
२१ बैशाख २०८०, बिहीबार १५:२४