मन्त्रिपरिषद्को बुधबारको बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।मन्त्रिपरिषद् बैठकले क्रिकेट टोलीका अधिकारीहरुलाई पनि जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ।
नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर लिग जितेर एसिया कपका लागि छनोट भएको छ।