काठमाडौं । जनता समाजवादी पार्टी नेपाल यतिबेला विधान अधिवेशनको तयारीमा जुटेको छ । जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बस्नेतका अनुसार विधानको मस्यौदा तयार भइसकेको छ । त्यसका लागि मागिएको सुझाव लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको बताउँदै उनले बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने जानकारी दिए ।

विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको उनको भनाइ छ ।

प्रतिनिधि चयन गर्ने सम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको थियो । उनीहरुले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको बताइएको छ ।

42
Shares
१९ बैशाख २०८०, मंगलवार २०:३०