काठमाडौँ । १० वैशाखको उपनिर्वाचनमार्फत बारा २ बाट नवनिर्वाचित सांसद एवं जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरु स्थिर सरकारको पक्षमा रहेको बताएका छन् । सभामुख देवराज घिमिरेबाट मंगलबार सांसद पदको पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ,’ उनले भने, ‘अस्थिरताले कसैको हित गर्दैन ।’

कसले कुन मन्त्रालय पाउँछ भन्ने भन्दा पनि सरकारको स्थायित्व र पूर्णकालकाल टिकाउने कुरा ठूलो भएको उनले बताए ।

‘स्थिरता, स्थायित्व, आर्थिक सामाजिक विकास ठूलो कुरा हो,’ उनले भने, सरकार २–२ महिनामा बदलिरहेको भने त्यसको असर स्थायित्वमा पर्छ । नेपालीमा निराशा छाउँछ । यसले कसैको हित गर्दैन ।’

अहिलेको अवस्थामा दलहरुबीच जति वृहत्तर समझदारी बन्यो त्यति नै सहज हुने उनले बताए ।
42
Shares
१९ बैशाख २०८०, मंगलवार १६:३६