अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सोमवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरे जसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको टिप्पणी गरे ।‘हामी नेपाली यति बेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ । अहिले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, नागरिकले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सलबलाउन थालेका छन् । कोही–कोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर, दुलोबाट मुसोले बिरालो हेरे जसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । अहिलेको सरकार सरकारमा किन बसिरहेको छ ? अचम्म लाग्दो छ किन बसिराखेको छ ? केही पनि गर्न नसक्ने सरकार’ ओलीले भने ।