टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो। उसका लागि डेभन कनवेले ५२ बलमा १६ चौका र १ छक्काको सहयोगमा ९२ रनको अविजित इनिङ खेले। त्यस्तै ऋतुराज गाइकवार्डले ३७ रन बनाउँदा शिवम् दुवेले २८ रन बनाए। त्यस्तै मोइन अलीले १० रन बनाउँदा रविन्द्र जडेजाले १२ रन बनाए। कप्तान महेन्द्र सिंह धोनीले १३ रनको अविजित इनिङ खेलेका थिए।
२०१ रनको लक्ष्य पछ्याएको पञ्जाबले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। पञ्जाबका लागि प्रभसिम्रनले सर्वाधिक ४२ रन बनाउँदा कप्तान शिखर धवनले २८ रन बनाए। त्यस्तै लियम लिभिङस्टनले ४० रन बनाएका थिए। उसका लागि साम कुरानले २९ रन बनाउँदा जितेश शर्माले २१ रन बनाएका थिए। त्यस्तै सिकन्दर रजाले १३ रन बनाउँदा शाहरुख खान २ रनमा अविजित रहे।चेन्नईमाथी पञ्जाबको रोमाञ्चक जित
इन्डियन प्रिमियर लिग (आइपिएल) मा अन्तिम बलमा तीन रन जोड्दै पञ्जाबले चेन्नईमाथि रोमाञ्चक जित निकालेको छ। आइतबार राति चेन्नईमा भएको खेलमा पञ्जाबले ४ विकेटको जित निकाल्दै लिगमा ९ खेलबाट ५ जित सहित १० अङ्क बनाउन सफल भएको हो। चेन्नईको भने यो लिगमा चौंथो हार हो।