प्रतियोगितामा सेन्ट जोसेफ स्कुल पहिलो बनेको थियो । यस्तै सेन्ट मेरिज दोस्रो तथा गायत्री संस्कृत स्कुलले तेस्रो स्थान पाएको थियो ।
सत्यनारायण, आदर्श, सेन्ट जोसेफ, गायत्री संस्कृत, सेन्ट मेरिज र इडन नेशनल स्कुल सहभागी भएका थिए ।प्रतियोगितामा विभिन्न विषयमा आधारित नाटकहरु प्रस्तुत गरिएको थियो ।
बाल बिवाह, साइबर अपराध, लागू पदार्थ दुर्व्यसनबाट हुने नोक्सानी जस्ता विषयमा विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।वडा बाल सञ्जाल वडा नम्बर ७ का अध्यक्ष अशोक खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा विजयी टोलीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की तथा विशिष्ट अतिथिका रुपमा वडाध्यक्ष मधुबाबु तिवारी, कुमार पोखरेललगायत सहभागी थिए ।