विराटनगर । सर्जक लक्ष्मी चौधरी युग्मीको नयाँ कृति कविता संग्रह ‘शब्द सौन्दर्य’ र गीति आवाज ‘साँझपख गोधूलिमा’ सार्वजनिक गरिएको छ ।

साहित्यकार मधु पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा डा. मिनाक्षी नेपालको उपस्थिति थियो ।

यसैगरी विशिष्ट अतिथिका रुमा विवश पोखरेल, गंगा सुवेदी, हरि पौडेल गायक, संगीतकार देवनारायण चौधरी, समीक्षक हरि कट्टेल, देवी पन्थी, विष्णु शर्मा, दिनेश श्रेष्ठ, भारत–नेपाल मैत्री अध्यक्ष बरुण मिश्रा, चलचित्र संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष अरुण प्रधान, समाजसेवी सीता पोखरेललगायतको सहभागिता थियो ।

सर्जक रामबाबु दाहालले सहभागीको स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन भरत गुरागाईं बर्बरिकले गरेका थिए ।

कार्यक्रममा विराट साहित्य संगम संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

त्यस अवसरमा सर्जकका कविता वाचन पनि गरिएको थियो । प्रिन्स प्रमोद ढकाल, निर्मला कोइराला, राधिका गुरागाईं, लक्ष्मी रायमाझी, पुष्पा सायरा, राधा भट्टराई, अन्जु अश्रु, अम्बिका खरेललगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सहयोग पुर्याउनेहरुमा लक्ष्मी आचार्य, यशोदा पराजुली, सबिना श्रेष्ठ,रिम्सा चौधरी लगायत थिए ।

357
Shares
१५ बैशाख २०८०, शुक्रबार १३:०३