काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ, ८२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वाथ्य मन्त्रालयका अनुसार १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन्।

बुधबार ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन्। संक्रमण बढ्न थालेपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन स्वाथ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

77
Shares
१४ बैशाख २०८०, बिहीबार ०६:३३