आजको खेल जितेको अवस्थामा थ्रीस्टारलाई शीर्ष स्थानमा उक्लने मौका रहनेछ । ६ खेलसम्म अपराजित रहेको मेघराज केसीको टोली आज पनि आफ्नो उच्च लयलाई निरन्तरता दिने लक्ष्यमा रहनेछ ।
मच्छिन्द्रले अघिल्लो खेलमा फ्रेन्डसलाई हराउँदै पुनरागमनको संकेत गरेको छ । हाल सातौं स्थानमा रहेको यो क्लबले शीर्ष चारमा स्थान बनाउनेछ ।यी दु्ईबीच अघिल्लो वर्ष भएको भेटमा मच्छिन्द्र १ – ० गोलले विजयी भएको थियो ।
सोही समयमा सातदोबाटो युवा क्लब र संकटा आमनेसामने हुनेछन् । साझँको खेल हिमालयन शोर्प र जावालाखेल युवा क्लबबीच हुनेछ । जावलाखेलले आजको खेल जिते शीर्ष स्थानमा बलियो पकड बनाउनेछ ।