विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्टबिन प्रदान गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्टबिन प्रदान गरिएको कृषि विकास बैंकले जनाएको छ ।

मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकका कोशी प्रदेशका प्रमुख रञ्जन खनाल र विराटनगर शाखाका प्रमुख तिलक प्रधानले डस्टबिन हस्तान्तरण गरे ।

सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरलाई ५० थान डस्टबिन प्रदान गरिएको बैंक शाखा प्रमुख प्रधानले बताए । वितरण गरिएको डस्विन विराटनगरका विभिन्न स्थानमा राखिनेछ ।

56
Shares
१२ बैशाख २०८०, मंगलवार २०:०८