प्रतिनिधिसभा सदस्यको लागि भएको उपचुनावमा चितवन-२ भारी मतले विजयी भएपछि सम्बोधन गर्दै उनले सबै राजनीतिक दलका साझा दुश्मन मुलुकको भ्रष्टाचार गरिवी र अशिक्षा भएका कारण यसलाई चिर्नुपर्नेमा जोड दिए।
उनले आफूलाई मत दिएका र नदिएका सबै चितवनबासी नागरिक आफ्नो प्राथमिकतामा रहने बताए। उनले भने, ‘मतान्तरले भारी थपिदिएको छ त्यो भारी उचाल्नु छ। चुनाव जितेपनि म तपाईं सबैको घर–घरमा आउन सकिन भने माफ गर्नुस्। म तपाईंको घरमा नीति मार्फत आउन चाहन्छु, म हैन मेरा नीतिहरु घर घरमा पुगुन् भन्ने हो। हामीले बनाएको नीतिले तपाईका छोराछोरीले राम्रो विद्यालय बढ्न पाए भने म तपाईको घरमा आएजस्तो हुनेछ। म नीतिको रुपमा तपाईको घर घरमा आउनेछु। पाँच बर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वको सरकार बनाउन सक्ने भएर आउनेछु।’उनले दल र नेता आफुलाई मन लागेको ठाउँमा मात्रै बजेट छुट्याएर विवेधकारी नीति चिर्ने प्रतिवद्धता पनि जनाएका छन्।
उनले अन्य राजनीतिक दलसँग पनि सहकार्य गरेर विकास गर्न चाहेको उल्लेग गरेका छन्।उनले थपे, ‘चुनावमा जतिठूलो प्रतिस्पर्धी भयौँ, विकासमा त्यतिधेरै मिलेर काम गर्नेछौँ। जितलाई आफ्नो मात्रै दलको भन्दा पनि सम्पूर्ण चितवनबासीको जित मान्नेछौँ।
चाहना र अपेक्षा ठूला छन् स्रोत कम छन् तर हामी मरिमेटेर काम गर्नेछौँ। यो बर्ष योजना बनाउने बर्ष हुनेछ। म यो बर्ष चितवनको विकासको लागि खाका कोर्नेछु।’