हिजो आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।
यससँगै तनहुँ-१ मा भने मतगणना भइरहेको छ । त्यहाँ रास्वपाका स्वर्णिम वाग्लेले कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनालसहितका उम्मेदवारलाई उछिन्दै अग्रता कायम गरिरहेका छन् ।यस्तै, बारा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । जनमतका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्राप्त गरेका छन् ।