चेन्नाई सुपर किंग्स आइतबार इन्डियन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा चेन्नाई ले कोलकाता नाइट राइडर्सलाई सजिलै ४९ रनले पराजित गरेको हो ।

यो जितपछि चेन्नाईको सात खेलबाट १० अंक भएको छ । कोलकाता भने चार अंकमा आठौं स्थानमा छ । इडेन गार्डेनमा भएको खेलमा चेन्नाईले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ३५ रन बनाएको थियो ।

त्यसमा ‘प्लेयर अफ द म्याच’ अजिन्के रहानेले २९ बलमा ७१ रन बनाए । यस्तै, डेभन कनवेले ५६ तथा शिभव दुबेले ५० रन बनाए । जवाफमा कोलकाताले आठ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।
84
Shares
११ बैशाख २०८०, सोमबार ०८:५४